प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्थाद्धारा रक्तदान

२२ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


हरिश ढकाल—  बुटवल, २२ कात्तिक । सडक दुर्घटनामा ज्यान गुमाएकी स्व. प्रतिमा बस्नेतको सम्झनामा रक्तदान जिवनदान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संस्थाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ का असरले नेपाल पनि अछुतो छैन । यस महामारीका विच पनि रगतको अभावले कसैले अकालमा ज्यान गुमाउन नरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी गराए ।

सडक दुर्घटनामा परि रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यका साथ हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । नवौं प्रतिमा जयन्ती तथा संस्थाको आठौं साधारण सभाका अवसरमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोरोना कहरका समयमा पनि २३ जनाले रक्तदान गरेका थिए ।

सस्थाले हरेक वर्ष रक्तदानका साथै समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पुराएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरुका साथै यस क्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्याथीलाई छात्रबृत्ती बितरण, अशक्त असहाय बृद्ध बृद्धाहरुलाई आर्थिक सहयोग प्रदान आदि कार्यक्रम पनि गर्दै आएको छ । तर कोरोना कहरका कारण यसबर्ष सम्मान लगाएतका कार्यक्रम नगर्ने सोंच बनाइएको संस्थाका अध्यक्ष बस्नेतले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया