सञ्चारकर्मी वलविर नेपालीद्धारा जिवन रक्षा गरिदिन आग्रह

प्रकाशित मिति:

घोराही, २२ कार्तिक । विगत लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आईरहेका वलविर नेपाली अहिले जिवन र मृत्युसँग लडिरहनु भएको छ । उहाले आफ्नो जिवन रक्षाका लागी सहयोग गर्न पनि अपिल गर्नु भएको । हिजोको दिनमा दिन दुखी र बेसाहारका आवाजलाई सामाजिक सञ्जालमार्फत् देश तथा विदेशमा पुराई सहयोग जुटाईदिने वलविर अहिले हस्पिटलको वेडबाट सहयोगको माग गर्दै छन् । उपचारमा अर्थिक अभाव देखिएपछि वलविरले आफुलार्य सहयोग गर्न समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आग्रह गर्नु भएको हो ।

दाङको गोर्खा पब्लिक हस्पिटलको आपतकालिन वार्डमा भर्ना हुनुभएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान शुनिएको छ । केहि समय पहिले भारतमा पुगेर सहयोग उठेको भारतिय रकम ५५ हजार वरावरको औषधी लिएको नेपाली नेपाली बताउनु भयो । औषधि सेवनले वलविरमा केहि सुधार आए पनि पुनः अहिले पुरै शरिर शुनिएको छ । अहिले अर्काे औषधि चलाईएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल) को मात्रा बढेपछि यस्तो समस्या आफुमा देखिएको उहाले बताउनु भयो । विगतमा रेडियो गणतन्त्र र रेडियो झरना एफएममा प्राविधिकको रुपमा काम गर्नु भएका वलविर नेपाली पछिल्लो समयमा बास्तविक नामक युटुव च्यानलको सञ्चालकको रुपमा काम गर्दै आउनु भएको थियो । नेपालीले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो भन्नु भयो, देश विदेशबाट मलाई सहयोग गर्ने सबैलाई धन्यवाद । अझै सहयोग आवश्यक परेकोले सम्पुर्ण सहयोगी मिडियाकर्मी साथि, भाइ, आफन्त, दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।।