स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाको शानदार जित

२३ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एकरएक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एकरएक गोल फर्काए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया