जिप दुर्घट्नामा एकको मृत्यू, ४ घाईते

२३ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा—स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका ५ मा जिप दुर्घटना हुँदा १ जनाको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो भो ४ जना घाईतेको उपचार भइरहेको छ ।

भीरकोट नगरपालिकाको बयरघारी फाँटदेखि पकान ,धान र पराल बोकेर जाँदै गरेको महेन्द्र कम्पनीको लु २ च २६९६ नम्बरको जिप आईतबार(आज) बिहान नगरपालिका – ५ स्थित हर्खौदीमा जिप अनियंत्रित भई दुर्घटना भएको हो । मृतक सोही ठाउँका १७ बर्षिय असीम सेन रहेको प्रहरीले जनाएको छ । भीरकोट ५ का बर्ष ३५ का शिब सेन, बर्ष ३९ का मनोज सेन, बर्ष ५२ का दिलबहादुर सेन र बर्ष २२ को अञ्जन सेनको पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जिप कच्ची सडकबाट करिब ३० मिटर तल खसेर ५ जना घाइते भएका थिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको स्वास्थ्य उपचारको लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया