तरुण दलको इच्छाकामना अध्यक्षमा जीवन सिलवालको नेतृत्व

२३ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


२३ कार्तिक, चितवन राजु सापकोटा – नेपाल तरुण दल ईच्छाकामना गाउँपालिका कार्यसमितिको अध्यक्षमा जीवन सिल्वाल चयन हुनुभएको छ । आइतवार सम्पन्न गाउँपालिका कार्यसमितिको प्रथम भेलाले सिल्वाललाई अध्यक्षमा चयन गरेको हो । तरुण दल चितवनका सभापति राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ प्रमुख आतिथि हुनुहुन्थ्यो ।

यस्तै भेलामा पार्टीका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, सह–सचिव राजन कार्की ,क्षेत्र नम्बर २ का सभापति भरत लामिछाने, जिल्ला नेता राजेश्वर खनाल लगायतको उपस्थिति थियो । कानुन व्यवसायी होमनाथ सिल्वाल कांग्रेसमा प्रवेश- यसैबीच सोहि अवसरमा कानुन व्यावसायी होमनाथ सिल्वाल सत्तारुढ नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई जिल्ला सभापति जितनाराण श्रेष्ठ लगायतका अतिथिहरुले फुल, माला र अबिर लगाइ स्वागत गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया