सामुहिक खेती मार्फत उत्पादन बढाऔं : उपप्रमुख तिवारी ।

२४ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


वालिङ -वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सामुहिक रुपमा खेती गर्दा उत्पादन बढाउन सहज हुने बताउनु भएको छ । बिभिन्न बिषयगत सहकारीहरुलाई बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगरप्रमुख तिवारीले सहकारी मार्फत सामुहिक खेती गर्दा उत्पादन बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सहकारी मार्फत सामुहिक खेती गर्दा सबै तिरबाट सहयोग पनि मिल्छ र सामुहिकताको बिकास पनि हुन्छ ।’

कोभिड प्रभावितहरुका लागि लक्षित गरेर सञ्चालन भईरहेको कार्यक्रम मार्फत फाईदा लिन आग्रह गर्दै उपप्रमुख तिवारीले नगरपालिकाले बिभिन्न संघ संस्थासँग मिलेर काम गरिरहेको बताउनु भयो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सहकारीहरुलाई बिउबिजन तथा सामाग्री बितरण गरिएको हो । परियोजना अन्तर्गत उत्पादकत्व बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेकाछन् भने उद्यमशीलता प्रवद्र्धनका लागि बिभिन्न क्रियाकलाप सञ्चालन भईरहेकाछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे