कामदारहरुका लागी एक दिने गहन अभिमुखी करण कार्याक्रम प्रतापपुर–८ मा सम्पन्न

२४ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल, ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा संचालित सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटासको  आयोजना र प्रतापपुर गाँउपालिकाको सहयोगमा बैदेशिक रोजगारीका लागी संभावित कामदार र बैदेशिक रोजगार बाट फर्किएका कामदारहरुका लागी एक दिने गहन अभिमुखीकरण कार्याक्रम आइतबार प्रतापपुर ८ बद्रीधाटमा सम्पन्न भएको छ ।

प्रतापपुर वाड न ८ का वडा अध्यक्ष कादीर अलि अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बोल्दै अध्यक्ष अन्सारीले गाउ घर बाट युवाहरु लह लहैमा सुचना र सिप तालीम नलिई नबुझि बैदेशिक रोजगारमा जादा समस्यामा पर्ने गरेको हुदा र बैदेशिक रोजगारमा जादा सिप तालिम र सुचना लिएर गएमा बैदेशीक रोजगार सुरक्षित र मर्यादित हुने बताउदै युवाहरु बैदेशिक रोजगारी भन्दा पनि स्वरोजगार तर्फ उन्मुख भई स्वदेशमै व्यवासायिक हुन आग्रह गनु भयो । सो अभिमुखि करण कार्यक्रमा बैदेशिक रोजगारीमा जानु पुर्व गरिने तैयारी सिप तालिमको महत्व र सुचनाको बारेमा सहभागीहरुलाई सहजीकरण गराईएको थियो ।

सो कार्यक्रममा बैदेशिक रोजगारीमा जान तयार भएका र बैदेशिक रोजगार बाट फर्केका कामदार लगायत २० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण आप्रवासी स्रोत केन्द्र परासीका परामर्शकर्ता मुन्ना हरिजन र आप्रवासी स्रोत केन्द्र सेमरीकी सहजकर्ता एकता न्यौपानेले गर्नु भएको थियो । सामी परियोजनाले जिल्लाका स्थानिय तहको सहयोगमा बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धी मुलक बनाउन बिभिन्न गतिबिधिहरु सञ्चालन गदै आएको ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरका अध्यक्ष बद्रीप्रसाद सुबेदीले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया