सैनामैनाका मेयर कार्किले गरे सहकारीलाई कृषि सामग्री हस्तान्तरण

प्रकाशित मिति:

प्रदिप ज्ञवालि -कार्तिक २३ आइतवार , सैनामैना । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले कृषि सामग्री हस्तान्तरण गरेका छ । आज एक कार्यक्रमका बिच मेयर कार्कीले सैनामैना पाच दोगहरामा रहेको जनजागरण स्वाबलम्बम सहकारी संस्थालाइ स्व( सञ्चालित हाते धान काटने मेसिन हस्तान्तरण गरिएको हो । सो सहकारीले अहिले जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको छ

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले अबको कृषि आधुनिक कृषि सामग्रीको प्रयोग बिना असम्भव रहेकाले बताउदै राम्रो काम गरेका कृषि फम र सहकारीलालाइ नगरपालिकाले सहयोग गर्दै आइरहेको बताउनु भयो । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवाहरुलाइ कृषि मार्फत स्वरोजगार बनाउन नगरपालिका लागेको मेयर कार्कीले बताउनु भयो । जग्गा लिजमा लिएर सामुहिक कृषि प्रणालि मार्फत कृषि कार्य गर्न खोज्ने युवालाइ नगरपालिकाको पुर्ण साथ सहयोग रहने मेयर कार्कीको भनाइ छ । कृषि उत्पादनको बजार ब्यवस्थापनकालाइ नगरपालिकाले विभिन्न ठाउमा हाटबजारको ब्यवस्था गर्दै गरेको बताउनु भयो । थोरै जमिनमा धेरै उत्पादन गरि कृषक लाभान्वित हुन सकेमात्र कृषक आफ्नो पेसामा टिक्न सक्छ र उनिहरुलाइ टिकाउने काम नगरपालिकाले गरेको मेयर कार्किले बताउनु भयो ।

तेस्तै कार्यक्रममा शुभकामना मनतब्य राख्दै सेतो गुरास बालबिकास सेवा रुपन्देहीको निर्देशन सुमित्रा शर्माले सैनामैना नगरपालिकाले कृषि क्षेत्रमा राम्रो काम गरेको भन्दै संस्थागत रुपमा यस क्षेत्रमा काम गर्न सहज भएको उहाले बताउनुभयो । नगरपालिका सङ्ग सहकार्य गर्न आफुहरु सधै तयार रहेको र यस क्षेत्रमा संस्थाले धेरैकाम गरेको जिल्ला निर्देशक शर्माको भनाइ रहेको थियो ।
उक्त सहकारीले त्यस क्षेत्रमा निकै राम्रा काम गर्दै आइरहेको छ । सहकारीले अहिले आठ बिगाहा क्षेत्रफल जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको जानकारि सहकारीका कोसाध्यक्ष तथा कृषि उपसमिति संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

संयुक्त राष्टसइ्घिय बिकास कार्यक्रमको सहयोगमा , सेतोगुराँस बालबिकास सेवाको आयोजनामा सैनामैना नगरपालिकालाई सो सामग्री हस्तान्तरण गरेको थियो भने नगरपालिकाले उक्त सहकारीलाइ पुर्ण अनुदानमा सामग्री प्रदान गरेको हो । कृषि सामग्री प्राप्त गरेकोमा खुशि ब्यक्त गर्दै सहकारीका अध्यक्ष हेमराज भट्टराइले उपलब्ध सामग्रीको पुर्ण उपयोग गरिने बताउनु भएको थियो ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष हेमराज भट्टराइको अध्यक्षता , सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता , नगर उपप्रमुख बिना रानाको विशिष्ट आतिथ्यता , वडा अध्यक्ष परसुराम सापकोटा , वडा सदस्य , सेतो गुराँस बाल बिकास सेवाका प्रतिनिधि , सहकारीका विभिन्न समिताका पदाधिकारी , टोलबिकास संस्थाका पदाधिकारी , पत्रकार आदिको आतिथ्यता तथा सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो भने । कार्यक्रम राजेन्द्र घिमिरेको स्वागत तथा यदु भण्डारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकोहो ।