बाटिका सामाजिक उद्यमी सहकारी संस्थाको अध्यक्षमा पुनः कमला पाण्डे

प्रकाशित मिति:

कात्तिक २३, तिलोत्तमा- श्री बाटिका सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तिलोत्तमा–१ ड्राईभरटोल, रुपन्देहीको अध्यक्षमा पुनः कमला पाण्डे निर्वाचित हुनुभएको छ । संस्थाको शनिबार सम्पन्न् ४ औं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आगामी ४ वर्ष कार्यकालको लागि पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै सहकारीको उपाध्यक्षमा राधा पाण्डे खरेल , सचिवमा सुभद्रा भट्टराई , कोषाध्यक्षमा रिता पंज्ञानि, सदस्यमा दिल कुमारी मल्ल , लक्ष्मी बन्जाडे, सुस्मा हमाल,शान्ता भट्टराई र मन्जु भुषाल रहनु भएको छ।

अधिवेशनमा सल्लाहकारहरु मिना पाण्डे पन्थ ,शान्ता के सि ,र संगिता अर्यालले निर्वाचन प्रक्रियको सहजिकरण गर्दै लेखा समिति संयोजकमा कविता पन्थी निर्वाचित हुनुभएको छ भने लेखा सदस्यमा गिता पाण्डे र मन्जु क्षेत्री कार्किनिर्वाचित हुनु भएको छ। नयाँ कार्यसमितिलाई निर्वाचन उपसमिति संयोजक शान्ता के सि ले सपथग्रहण गराउनु भएको थियो ।