बेलाको बोली

प्रकाशित मिति:

सडकमा असहाय भोका पेटहरुको बिसुन फिजाएर
सिंहदरबार मस्त निद्रामा सुतिरहेछ
अलपत्र युवा सपनाहरुको लिलामीमा
बोलपत्र आह्वान गर्दै
दस्तुर उठाएर चल्ने मेरो देश
र निर्मम सरकारलाई के थाहा
बन्द कफनको मूल्य कति हुन्छ !

राजतन्त्र , लोकतन्त्र र गणतन्त्र
हर दसक तन्त्र बदल्ने मेरो देश
दुराचार र भ्रस्टाचारका मन्त्रहरु कैले बदल्न सकेन
समृद्धि , सुशासन र नैतिकताका औंठे आभुशणमा
नरका निधारबाट बग्ने पसिनाहरुमा कर लगाएर
धमनी र शिराहरुमा निषेधाज्ञा जारी गर्दै
जुकाहरु निर्धक्क जनता चुसिरहेछन
बोल्नु हुँदैन,
समाजवादी सरकारको बेइज्जत हुन्छ ।

बिष्णु भण्डारी/ गुल्मी