खाद्यन्न सहयोग

२४ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यन्न सहयोग गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो ।रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले बताए ।

उनले अहिलेसम्म मैनादेवी अनाथ आश्रम , मणीग्राम नेपाल अपाङ्ग आश्रम , ट्राफिक चोक , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको र अहिले तिहारको अवसर पारेर गोरीसिंह , भुद्धभुमी नगरपालिका-२ मा साठ्ठी घरलाई खाद्यान्न सहयोग गरेको र कुल खाद्यान्न ५२५ किलो चामल , ७५ किलो दाल , ३५ किलो नुन र २० लिटर तेल रहेको बताएका छन् ।

यसमा सहयोग गर्न र खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर सही ठाउँमा पुर्याउने काम चलिरहेको र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको संस्थाले जानकारी छ । आकाश भण्डारी- ९८४७००३९२३, तुसार भट्टराई – ९८०६९८७५०० र बिअभ भट्टराई – ९८४७०२५७४० लाइ सम्पर्क गरेर सहयोगी हातहरु हातेमालो गर्न पनि संस्थाले अपील गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया