लामो समय कम्युनिस्ट राजनीति गरेका कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

बाणगङ्गा ८ कपिलवस्तु । बर्षौ देखि कम्युनिस्ट राजनीति गरेर जेलजिवन समेत भोग्दै बर्तमान केन्द्रिय राजनीतिमा रहेका कम्युनिस्टका नेताहरु सङ्ग राजनीति गर्नुभएका बाणगङ्गा – ८ मोर्मिका जगदीश घिमिरे ज्यु र उहाको परिवार ८ जना र गाउका अन्य २ घर सहित नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ। आज उहाकै निवासमा उहाको परिवार लगायत गाउका अन्य ब्यक्तित्व हरुलाई तरुण दल,नेपाली कांग्रेस र नेविसंघ को नेतृत्वमा तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी नेपाली कांग्रेसका छेत्रीय सचिव प्रेम नारायण पौडेल नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल तरूणदल सैनामैनाका खिमराज पोख्रेल नेपाली कांग्रेसका टोपनारायण भण्डारी नारायण आचार्य रबि आचार्य वडा सभापति ध्रुब कडेल गिरिराज पौडेल टोल सभापति दुर्गा न्यौपाने लगायत नेतृत्वको उपस्थितिमा नेपाली कांग्रेस टोल समिति मोर्मिमा कार्यक्रम गरि प्रवेश गराइएको छ मोर्मी टोल समितिका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उहाहरुलाई सदस्यता दिदै अबिर माला लगायर स्वागत गरिएको छ। उहालाई पार्टीमा ल्याउनका लागि बिशेष खेमराज पोख्रेल ज्युको पहलमा प्रवेश गराइको छ।

कम्युनिस्ट ले जनताको खुन चुस्ने मात्र काम गरेको र जुन कम्युनिस्ट को सिद्धान्त र बिचार हो त्यो भन्दा फरक किसिमले हिडेको हुदा आफुहरु सिद्धान्तको राजनीति बिचार गरेको हुदा जुन पार्टीले सिद्धान्त छाडेको छ त्यसमा बस्नुभन्दा सहि सिद्धान्त र बिचार बोकेको पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेको बताउदै नेपाली कांग्रेसले जनता को सुखदुःखमा साथ दिदै आएको हुदा आफुहरु प्रवेश गरेको जगदीश घिमिरेले र मनोज घिमिरेले बताउनु भयो। कार्यक्रममा छेत्रीय सचीव प्रेम नारायण पौडेल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी नेपाली कांग्रेसका रबि आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो।उहाहरुले बर्तमान समयमा नेकपाले दुई तिहाइ भएर पनि काम गर्न नसकेको जुन जनताले अपेक्षा गरेका थिए त्यो अनुसार चल्न नसकेको भन्दै आफ्ना कार्यकर्ता पोस्ने र भ्रस्टाचारमा लिप्त रहेको भन्दै आफुहरु सधै जनताको हक र हितका लागि लागि परेको बताउदै उहाहरुलाई स्वागत गर्नुभएको थियो।