फिप्नाद्वारा नेपालमा २६ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण

प्रकाशित मिति:

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले गत ५ जुलाई २०२० देखि २९ अगष्ट २०२० सम्म करिब दुई महिनाकाे बिचमा नेपालकाे विभिन्न ठाउँमा $ 22,052.11 डलर (नेपाली रूपैयाँ करिब २६ लाख) बराबरकाे खाद्यान्न राहत वितरण गरेको छ । कोरोना महामारीका कारण बेरोजगार बनेका मजदुरहरू, सिमान्तकृत, दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले वितरण गरिएको हो । २३८ जना अमेरिकास्थित नेपाली समुदयका मनकारी महानुभावहरूले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका थिए । समुदायद्वारा संकलित रकमलाई वितरणको पारदर्शिता देखाउने उदेश्यले ८ नोभेम्बर २०२० का दिन फिप्नाले पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत विवरणसहित आयव्याय सार्वजनिक गरेको छ ।

भर्चुवल रूपमा पत्रकार सम्मेलन गरी सहयोगीहरू, संघसंस्थाहरू, स्वयंसेवकहरू साथै आयोजक, व्यवस्थापक संस्थाहरूलाई फिप्नाद्वारा जारी विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरिएको छ । फिप्नाले उपत्यकामा प्रत्येक दिन ३०० जना साथै छैठौ र सातौ दिन ५०० लाई लगातार सात दिनसम्म खाना वितरण गरेको थियो । साथै सोलु वाल कल्याण, साँखुमा रहेको अपांग परिवार, साथै सिद्विसेवा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको थियो । उपत्यका बाबुराम दैलेखको राउटे ५३ परिवार, सिरहाको मुसहर ६० परिवार, धनकुटाको मजदुरहरू ६० परिवार, मकवानपुरको चेपाङ ६० परिवार, सुनसरीको कोशिटप्पुमा रहेको ४० परिवार गरिब तथा मजदुरहरू, धरानको ४० परिवार सुकुम्बासी तथा मजदुरहरू, मकवानपुरकै राक्सिराङ-५ का १५१ परिवार, साथै दाङको तुलसीपुर लमही क्षेत्रका ६० परिवारलाई राहत वितरण गरिएको छ ।

प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन साथै राउटे परिवारलाई र उपत्यकाका २० परिवारलाई टेन्ड समेत वितरण गरिएको छ । रोजगारी गुमाएका मजदुरहरू, अनाथ, असाहाय, बृद्वबृद्वाहरू साथै सुकुम्बासी बस्ती, सिमान्तकृत समुदाय तथा सिल्पी/दलित समुदायहरूमा देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न प्रत्यक्ष सहकार्य गरीएको संस्थाहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), PA NEPAL (Prisoner’s Assistance Nepal), दलित जागरण केन्द्र नेपाल गोलबजार, सिरहा, होटल चप्लेटीका संचालक तथा समाजसेवी भोलामणि हर्तम्छाली राई, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रर्वद्वन समिती, Naya online TV, Rhythm online TV, Sansarnews.com, रामेछाप काठमाण्डौ पत्रकार समाज, ग्रामिण क्लब हाउस नेपाल, राक्सिराङ गाउँपालिका, नेपाल चेपाङ संघ बाग्मती प्रदेश समिती, नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समिति, नेपाल आदिवासी जनजाति महासंघ गुराँस गाउँपालिका समन्वय समिति, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा समन्वय समिति, लोकेश्वर मिडिया सर्भिर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दाङ, सिन्धु वेलफेयर सोसाइटी अमेरिका, बाग्लुङ सेवा समाज अमेरिका साथै वितरण गरिएको ठाउँको स्थानीय निकायहरू रहेका छन् । फिप्नाले खास गरेर समानता, स्वतंत्रतता, मानवाधिकार, आदिवासी अधिकार, सांस्कृतिक, भाषिक, लैंगिक तथा समानुपातिक समावेसीकरण र पहिचानको सवालमा विभिन्न सन्दर्भमा बहस तथा जागरणका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

साथै प्राकृतिक विपत्ति, महामारी, संकटजस्ता मानवीय सेवा गर्नुपर्ने समयमा फिप्ना सधै अग्रपंतिमा रहेर काम गर्ने गर्दछ । फिप्नाले गत मार्चदेखि जुलाई महिनासम्म अमेरिकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघसंस्थाहरूलाई वितरण गरेको थियो ।फिप्नाको कार्यलयबाट प्रत्यक्ष रूपमा ११ हजार माक्स, १७ हजार ग्लव्स, २६ हजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर १५०० भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको थियो । पत्रकार सम्मेलनमा फिप्नाका अध्यक्ष लोक चेम्जोङले सम्पूर्ण दाताहरू, आयोजना व्यवस्थापकहरू, स्वयंसेवकहरू सन्चारकर्मीहरू र अभियानलाई साथ दिने सबैमा धन्यवाद व्यक्त गरे ।