साजन कार्कीले जिते होण्डाको ग्राजिया स्कुटर खरिदमा ५० हजार पुरस्कार

प्रकाशित मिति:

रुपन्देहीको तिलोेत्तमाका एक युवाले सिद्धिबिनायक अटो इन्टरनेशनल प्रालि भैरहवाबाट होण्डा खरिद गर्दा ५० हजार नगद पुरस्कार जितेका छन् ।रुपन्देही तिलोेत्तमा ४ निबासी साजन कार्कीले दशैं तिहारको अफरमा होण्डाको ग्राजिया स्कुटर खरिदमा स्क्रयाच कुपनबाट उनले ५० हजार जितेका हुन् । उनलाइ एक कार्यक्रमका बिच सो रकम बापतको छुट प्रदान गरिएको सिद्धिबिनायक अटो इन्टरनेशनल प्रालि भैरहवाका कार्यकारी निर्देशक सुरज क्षेत्रीले जानकारी दिए । पछिल्लो समय सिद्धिबिनायकले ग्राहकको रुचि र चाहना अनुरुप होण्डाका बिभिन्न भेराइटीका भेइकल्सहरु बिक्रि बितरण र बिशेष छुट समेत दिएकाले ग्राहकको रोजाइमा समेत परिरहेको छ ।