छठ पुजामा गएकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु

प्रकाशित मिति:

झापा काक्तिक २८ – मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको छ । भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ बर्षीया छोरी राशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ यादव परिवार छठ मनाउनका लागि राशीसहित उनका परिवार मे १ त ५२३२ नम्बरको ट्रयाक्टर चढेर पूजा स्थल मेची घाटतर्फ गइरहेका थिए । ट्रयाक्टरको अगाडि पट्टिको सिटमा बसेकी राशी खसेपछि उनलाई सोही ट्रयाक्टरको चक्काले किचेको थियो ।

गम्भीर घाइते भएकी उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ट्रयाक्टर चालक बन्धन उराउलाई पक्राउ गरेको छ ।