अन्तरशाखा रनिङ शिल्ड जेसीज क्विज २०२० को उपाधि सैनामैना जेसीजको कब्जामा

प्रकाशित मिति:

बुटवल । बुटवल जेसीजले आयोजना गरेको अन्तरशाखा स्व। दोर्णराज जोशी रनिङ शिल्ड जेसीज क्विज २०२० को उपाधि सैनामैना जेसीजले कब्जा गरेको छ । बुटवल जेसीजले आफ्ना संस्थापक अध्यक्ष स्व। दोर्णराज जोशीको स्मृतिमा आयोजना गरेको उक्त प्रतियोगितामा सहभागि ७ शाखाहरुलाई पछि पार्दै सैनामैना जेसीजले उक्त उपाधि चुमेको हो । प्रतियोगीतामा तिलोत्तमा जेसीज फस्ट रनरअप बन्न सफल भएको छ ।

बुटवल जेसीजका अध्यक्ष तथा यस कार्यक्रमका संस्थापक जेसी राजिव गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी हरि विक्रम कुँवरले गर्नु भएको थियो । कार्यक्रममा क्विज मास्टरको रुपमा बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी गोपाल अधिकारी र जेसी लालहरी पाण्डेले क्विज मास्टरको भूमिका निर्वाह गर्नु भएको थियो । जेसीज शाखा विच बन्धुत्वको भावना विकास तथा जेसीजको ज्ञान बढाउने लक्ष्यका साथ बुटवल जेसीजका संस्थापक अध्यक्ष स्व। दोर्णराज जोशीको स्मृतिमा यो कार्यक्रमको स्थापना गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले जानकारी दिनु भयो ।

कोरोना कहरका विच पनि गौतम नेतृत्व बुटवल जेसीजले जेसीआई बुटवल एकेडेमी र पब्लिक स्पिकर बुटवल जस्ता मेघा प्रोजेक्ट पनि सञ्चालन भइरहेको थियो महासचिव जेसी हरिविक्रम कुँवरले बताउनु भयो । बुधवार देखि जेसीआई बुटवल एकेडेमीका विशेष कक्षाहरु सञ्चालन हुने र उक्त तालिममा नेपाल जेसीजका ख्याति प्राप्त प्रशिक्षक रमेश अर्याल र राजिव गौतमले विशेष प्रशिक्षण सञ्चालन गर्नु हुने एकेडेमीका निर्देशक जेसी आबिश्कार खनालले जानकारी दिनु भयो ।