गाएक श्रीधरले ल्याए आफ्नो मनकी रानी लाई

२६ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मधुसूदन नेपाल, बुटवल- बिगत लामो समयदेखि लोक गीतको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नो शब्द,सङ्गीत रहेको र चर्चित गायीका देवी घर्ति अनि आफु स्वयमको आवाजमा रहेको “मनकी रानी ” गीत बजारमा सार्बजनिक गरेका छन । उक्त गीतको एरेन्ज कृष्ण वि.क(भान्जा )ले गरेका छन् । निहारीका फिल्मसको सहकार्यतामा निर्माण गरिएको उक्त गीतको भिडियोलाई निर्देशन र सम्पादन श्रेष्ठले गरेका छन् भने छायांकन योगेश शाक्यको रहेको छ ।

गीतमा यम पाण्डे,सनम काउचा मगर,अनुपम पौडेल,सागर ज्ञवाली लगायतका कलाकारको अभिनय रहेको छ । श्रीङ्गारमा मनु श्रेष्ठको भुमिका रहेको छ । उक्त गीतका गाएक अधिकारीले आफ्नै युट्युब च्यानल ” श्री इन्टरटेनमेन्ट” बाट गीत सार्बजनिक गरेका छन ।म्युजिक भिडियो धेरैको मनमा बस्ने विश्वास सम्पूर्ण टिमले लिएका छन । ‘ मनकी रानी’ प्रोजेक्टको सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।

भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया