सियारीका अति विपन्नलाई घर

प्रकाशित मिति:

रुपन्देहीको सियारी गाउंपालिकाले अति विपन्न परिवार लाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सियारी आवास निर्माण कार्यक्रम अन्तरगत ११ वटा भवन निर्माण गरि हस्तान्तरण गरिएको गाउंपालीकाका अध्यक्ष अयोध्या थारुले बताए । ‘ पालिकाको ४४ लाख बजेटमा ११ वटा घर निर्माण सम्पन्न गरि वडा १ मा २, ४ मा २, ५ मा २, ६ मा २ र ७ मा ३ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको हो, उनले भने, गाउंपालीकाका कोही पनि व्यक्ति बेघर नहोउन् भन्ने चाहना हो ।’ हस्तानतरित घरमा २ कोठा, १ भान्सा कोठा, बरन्डा र शौचालय छ । टिनको छानो भएको घर भूकम्प प्रतिरोधात्मक भएको पालीकाका योजना शाखा प्रमुख रोमलाल पुरीले बताए ।