लैङ्गिक हिंसा सम्बन्धी कानुन र कानुनि प्रावधान बारे अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, कार्तिक २६, मसुरीया(देउखुरी दाङ) लैङ्गिक हिंसा सम्बन्धी कानुन र कानुनि प्रावधान बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तु, राप्ती गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्राकृतिक लिङ्ग र समाजिक लिङ्गको बिभेद, समाजिक लिङ्ग जन्य हिंसा, यसको रुप र किसिमको बारे ब्याख्या, महिला हिंसा र घरेलु हिंसालाइ निरंतरता दिने मूल्य मान्यता र बिश्वास, महिलाहरु कुन कुन परिस्थितिले गर्दा हिंसामा फस्दछन् भन्ने बारे महिला माथी हिंसाले पार्ने दुष्प्रभाबको बारे जानकारीका साथै बच्ने र बचाउने उपाए सहित विभिन्न विषयमा जानकारी गरिएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।

तालिममा महिला र पुरुष विच सवै क्षेत्र र तहमा समान अवसर र समान लाभ हासिल गर्ने अवस्था नै लैङ्गिक समानता हो, लैङ्गिंक समानता एउटा आदर्श हो । यसमा महिला र पुरुष वीचको प्रकृतिक भिन्नताका वावजुद पनि उनीहरु वीच रहेको सामाजिक भिन्नता र भेदभाव हटाईन्छ । दुवैको समान हैसियत स्थापना गर्नका लागी आवश्यक पर्ने मूल्य,मान्यता दृष्टीकोण र व्यवहारलाई परिवर्तन गरेर समानता हासिल गर्न सकिने जानकारी गरिएको छ ।राप्ती गाउँपालिकाका कानुनि सल्लाहकार सन्तोष पोख्रेलले सहजीकरण गर्नु भएको कार्यक्रममा मेलमिलाप कर्ता, महिला संञ्जाल, आमा समुह, किशोर किशोरी समुह लयायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

न्यायीक समिति संयोजक जगदम्वा कसमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा घरेलु हिंसा कसूर र सजाय ऐन, २०६६ र घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनका बारेमा जानकारी तथा छलफल गरिएको थियो ।