राजेशचन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा जिताउन उदयपुर उद्योग वाणिज्य संघको आग्रह 

प्रकाशित मिति:

सोम दियाली, उदयपुर, कार्तिक २६ गते बुधवार ।। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्य पदका उमेदवार राजेशचन्द्र श्रेष्ठलाई अमुल्य मत दिई विजयी गराउन उदयपुर उद्योग वाणिज्य संघ कटारीले अनुरोध गरेको छ ।

आगामी मंसीर १३ गते हुन लागेको महासंघका निर्वाचनमा जिल्ला नगर खुल्ला तर्फको केन्द्रीय कार्यकारिणी सदस्यको उमेदवारी दिएका मटारीमा युवा सफल व्यवसायी श्रेष्ठलाई अमुल्य मत दिई विजयी बनाउन संघले सबै जिल्ला नगरका अध्यक्षहरुलाई पत्र लेख्दै अनुरोध गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघलाई कार्यगत र नितिगत सुधारका लागि समेत केन्द्रीय सदस्यमा राजेशचन्द्र श्रेष्ठ विजयी हुनु पर्ने संघका अध्यक्ष पुष्कर खड्काले बताउनु भएको छ । उहाले पत्रमा भन्नू भएको छ,( ूकेन्द्रीय सदस्यका उमेदवार श्रेष्ठ एक कार्यकाल यस संघको महासचिव, दुई कार्यकाल अध्यक्ष भएर काम गर्नु भएको व्यवसायी हुन्, उहाँ हाल यस संघका विशिष्ट सदस्य हुनु हुन्छ, उहासंघ व्यवसायीको हितमा काम गर्ने अपुर्व जोस जाँगर छ, त्यसैले सबै जिल्ला नगरले श्रेष्ठलाई केन्द्रीय सदस्यमा अमुल्य मत दिई अत्यधिक बहुमतले विजयी गराउनु होला ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलबाट उमेदवारी दिनु भएको हो । महासंघले आगामी मंसिर ११ र १२ गते ५४औं साधारण सभा र मंसिर १३ गते चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरि सकेको छ ।