पश्चिम नवलपरासीमा प्रहरीद्दारा अवैध कपडा बरामद

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

कार्तिक २६ । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ५ लाख ७४ हजार ८ सय ७४ मुल्य बराबरको अवैध रुपमा भारतबाट ल्याउँदै गरेको कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको ५१ हजार ७ सय ६० रुपैया मुल्य बराबरको कपडा रामग्राम–४ बाईपासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाकारी दिएको छ ।
सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले ५ लाख २३ हजार १ सय १४ रुपैया मुल्य बराबरको अवैध कपडा सरावल गाउँपालिका–७ बुलन्दपुरबाट बरामद गरेको छ । तस्करहरुले लु २३ प ६४९३, लु २ प ७५३० नम्बरको नेपाली प्लेटका मोटरासाईल र युपी ५६ एवी ४५८१ भारतीय नम्बरको एउटा मोटरसाईकलमा राखेर ल्याउँदै गर्दा उक्त परिमाणको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिनुभयो ।

बरामद गरिएका कपडा र तीन वटा मोटरसाईकल महेशपुर भन्सार कार्यालयमा बुझाइएको लामाले बताउनुभयो ।