लायन्स क्लब अफ सिद्धार्थनगरद्धारा न्यानो कपडा वितरण

प्रकाशित मिति:

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ सिद्धार्थनगरले न्यानो कपडा वितरण गरेको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले आश्रममा न्यानो कपडा वितरण गरेर लायन्स क्लब अफ सिद्धार्थनगरले सराहनीय काम गरेको बताए । उनले आश्रमको विद्युत महसुल आफुले तिर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लब वर्ष २०२०÷२१ क अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले आवश्यकता अनुसार फेरी पनि सहयोग गर्दै जाने बताए । उनले आश्रममा रहेका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताए । आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले विगत लामो समयदेखि लायन्स क्लबले आश्रमलाई सहयोग गर्दै आएको बताए । क्लबका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक धर्मराज आचार्यको स्वागत, निर्देशक कमल ज्ञवालीको ध्वजा अभिवादन तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।