सुन तोलामा ५०० रुपैयाँले बढ्यो

२८ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको  छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९४ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज तोलाको ९५ हजार २०० तोकिएको हो।

आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको छ। बिहीबार ९४ हजार २०० रहेको तेजाबी सुनको मूल्य आज ९४ हजार ७०० कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी बुधबारदेखि एक हजार २२० मा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया