कपिलबस्तुको बाणगंगा ८ जलेश्वरमा धन्वन्तरी जयन्ती सम्पन्न !

प्रकाशित मिति:

 कार्तिक २८ कपिलबस्तु । देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती अवसरमा एक कार्यक्रमका बीच कपिलबस्तु जिललको बाणगंगा ८ जलेश्वरमा सम्पन्न भएको छ । आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रर्वतक धन्वन्तरीको जन्मजयन्तीको अवसरमा शुक्रबार बाणगंगा ८ जलेश्वर मोतिपुर आयुर्वेद औषधालमा विशेष कार्यक्रम गरी धन्वन्तरी जयन्ती सम्पन्न गरिएको हो । बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणनीधि भुसालको अध्यक्षता तथा मोतिपुर आयुर्वेद औषधालयका प्रमुख डा. तेज बहादुर सोमै मगरको संचलन रहेको धन्वन्तरी जयन्ती कार्यक्रममा समाजसेवी, अगुवा, बुद्धिजिवी,जनप्रतिनिधी, आयुर्वेदका पदाधिकारी लगायत ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका उप–प्रमुख चक्रपाणी अर्यालले मोतिपुर आयुर्वेद कपिलबस्तु जिल्लाकै नमुना आयुर्वेद रहेको बताउँनुभयो ।

उहाँले यस मोतिपुर आयुर्वेदबाट धेरै मनिसहरु लभन्वित भएको बताउँदै यसलाई अझ व्यवस्थित गर्दै लौजनुपर्ने जिकिर समेत गर्नुभयो । उहाँले अझै पनि हाम्रो देश औषधीजन्य जडिबुटीको धनी देश भएर पनि जडिबुटीको सही रुपमा सदुपयोग गर्न नसकिएको बताउँदै आयुर्वेदमा केन्द्रीत बजेट छुट्टउनु पर्ने र आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ अघि लैजानुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका उप–सचिव बाबुराम भट्टराई, समाजसेवी तथा बुद्धिजिवी पोमनारायण पौडेल, डा. बर्ष पौडेल, लगायतले बोल्दै अयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधीको महत्व बुझाउने गरि सर्वसाधरणमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । यसैगरी धन्वन्तरीको जन्मजयन्तीको अवसरमा धन्वन्तरी भगवानको विधिपुवर्क पुजा कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा आयुर्वेदीक चिकित्सा पद्धतिलाई संसारकै पुरानो चिकित्सा पद्धति मान्ने गरिए पनि त्यसको समयानुकुल विकास र प्रवद्र्धन हुन नसक्दा छाँयामा पर्दै आएको मोतिपुर आयुर्वेद औषधालयका प्रमुख डा. तेज बहादुर सोमै मगरले बताउँनुभयो ।