खनालको मृत्युमा पश्चिमाञ्ल यातायात समितिद्धारा शोक व्यक्त

प्रकाशित मिति:

बुटवल २८ कार्तिक – पश्चिमाञ्ल यातायात व्यवसायी समितिका पूर्व लेखा समिति तथा कार्यसमिति सदस्य सन्तोष खनालको काठमाडौमा उपचारको क्रममा मृत्यु भएकोमा समितिले शोक व्यक्त गरेको छ ।

यस क्षेत्रका यातायात तथा उद्योगी व्यवसायी खनालको अल्पायुमै भएको निधनले स्तव्ध बनाउनुका साथै परिवारजनमा पर्न गएको यस दूखद घडीमा समितिले हार्दिक समवेदना प्रकट गरेको छ । विसं २०३१ साल माघ १७ गते जन्मनु भएका खनालको उपचारका क्रममा यही कार्तिक २६ गते काठमाडौमा निधन भएको हो ।

खनालको निधनमा समितिका अध्यक्ष यम प्रसाद पाण्डे र महासचिव जीत बहादुर भाटद्धारा जारी शोक वक्तव्यमा होनहार युवा व्यवसायीको निधनले निकै दुखित बनाएको र यातायात क्षेत्रमा उहाँले पुराएको योगदानको उच्च मुल्याकन गरिने उल्लेख गरिएको छ ।  शोक व्यक्तव्य माफत यस दुखद घडीमा मृत्य आत्माको चिर शान्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गरिएको कार्यालय प्रमुख बावुराम अधिकारीले बताउनु भयो ।मृत्यक खनालका एक छोरा ,एक छोरी र श्रीमती हुनु हुन्छ ।