नेता भण्डारीद्धारा रमेश प्रसाई, कृष्ण कडेंल र इन्द्रेणी कार्यक्रमको खुलेर प्रशंसा

प्रकाशित मिति:

काठमाडौँ । चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीले नेपालको कला र सेवाको क्षेत्रमा ठूलो योगदान गरेको भन्दै काँग्रेस नेता डा। चन्द्र भण्डारीले खुलेर प्रशंसा गर्नुभएको छ । राजनीतिलाई सेवाको रुपमा अँगाल्नु पर्नेमा जोड दिदै आउनु भएका डा भण्डारीले नेपाली सस्कृति र महत्वलाई संरक्षण र विकासको लागी ईन्द्रेणी कार्यक्रमले गरेको काम प्रति आफु नतमस्तक रहेको उल्लेख गर्नुभएको छ ।
एवीसी टेलिभिजन र युट्युव मार्फत प्रसारण हुदै आएको मनोरन्जनात्मक कार्यक्रमले नेपालीलाई मनोरन्जनसँगै नेपाली लोकभाकाको संरक्षण, विस्तार र प्रतिभा प्रस्फुटन गर्न अनुकरणीय भूमिका खेलेको नेता भण्डारीको भनाई छ ।

सामान्यतः राजनीतिक नेताहरुले यस्ता सामाजिक कार्यहरुको बारेमा खुलेर लेख्ने प्रबृत्ति नभएपनि नेता भण्डारीले उनीहरुको खुलेर प्रशंसा गर्नु भएको हो । उहाँले हजारौँ नेपालीलाई सहयोग र सेवा गर्नु यस कार्यक्रमको अर्को अनुकरणीय र प्रशंसनीय कार्य भएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । उहाँको स्टाटसमा लेखिएको छ, “ईन्द्रेणी कार्यक्रमका कारण नेपालको मौलिकता झल्काउने नयाँ कलाकार उदाई रहेका छन । पछिल्लो समय रमेश प्रसाई जस्ता बहुप्रतिभाका धनी नेपालीका एक गौंरवको सहभागीताले नेपाली समाजमा बढ्दै गएको डिप्रेसनको रोगलाई ईन्द्रेणीले औषधीको रुपमा काम गरेको छ ।”

दुःखी पीडितको घरमा पुगेर भाषणलाई सेवा ठान्नेहरुलाई पनि इन्द्रेणीले चुनौंति दिइरहेको उहाँको टिप्पणी छ । यस कार्यक्रमले नेपाली समाजमा नयाँ प्रतिभालाई अगाडी ल्याउने क्रममा गुल्मीकी सानी बालिका रबिना बस्याललाई पनि उजागर गरेकोमा उहाँले गौरव प्रकट गर्नुभएको छ । आफ्नो गृह जिल्लाकी सानी छोरीको प्रतिभा देखेर आफुलाई गौरव लागेको र त्यसलाई इन्द्रेणीले साथ दिएकोमा आभार प्रकट गर्न चाहेको उहाँले उल्लेख गर्नुभएको छ । ईन्द्रेणी कार्यक्रमको प्रस्तुतीले ठुला र साना मानिसको सिमालाई चुनौंती दिएको नेता भण्डारीको टिप्पणी छ । “सम्मान र आदर गर्न योग्य यसका सञ्चालक कृष्ण कडेँल लगाएत ईन्द्रेणी परिवा प्रति आभार प्रकट गर्दछु,” उहाँले लेख्नुभएको छ । राजनीतिसँगै सामाजिक सेवामा रुची राख्ने नेता भण्डारीले गुल्मीका झण्डै छ सय बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरुको व्यवस्था गरिदिने र दशैँमा उनीहरुसँगै दशैँ मनाउने गर्नुभएको छ ।