ब्रुक्लीन बोरो प्रेसिडेन्टले मुल्याकंन गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका ९ जना सम्मानित।

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका। न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियासिल रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने २०० जनालाई कोभिड-१९ हिरो अवार्डबाट सम्मान गर्नु भएको थियो भने Dr. Anthony Fauci- Director of NIAID (National Institute of Allergy & Infectious Diseases) लाई Covid-19 HERO of Heroes award ले सम्मान गर्नु भएको थियो। उक्त सम्मान कार्यक्रम प्रेसिडेन्ट अडाम्सले आफ्नै कार्यालय ब्रुक्लीन बोरो हल वाट नोभेम्बर १०, २०२० मा आयोजना गर्नु भएको थियो।

ब्रुक्लीन बोरो प्रेसिडेन्टले मुल्याकंन गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका ९ जना सदस्यहरु लाई कोभिड-१९ हिरो अवार्ड वाट सम्मान गर्नु भएको थियो। कोभिड-१९ हिरो अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्य द्वय सुर्य सिमखडा र विमल डाँगी समाजसेवि रेखा श्रेष्ठ, स्वयंसेवक द्वय कुजंन पौडेल र सत्नाम लाल हरु सम्मानित हुनु भएको थियो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्स लाई हार्द्विक धन्यवाद एंव आभार प्रकट गर्द छ।