घ्यालसुम्दो सेवा संस्था अमेरिकाको सहयोगमा धरानमा खाध्यान्न बितरण

प्रकाशित मिति:

सुनसरी ।घ्यालसुम्दो सेवा संस्था न्युयोर्क ,अमेरिकाको आर्थिक सहयोगमा धरानमा खाध्यान्न बितरण गरेको छ । धरान उपमहानगरको वार्ड न १५ शिव गंगामा रहेका ३० बिपन्न घर परिवारलाई चामल , दाल , तेल , नुन लगायतका सामाग्री बितरण गरिएको थियो ।

राहत बितरणका लागि घ्यालसुम्दो सेवा संस्था न्युयोर्क ,अमेरिकाका पुर्व अध्यक्ष छिरिङ राप्के लामाको बिशेष पहलमा अमेरिका बासी नेपालीहरु सुनिल शाह , ओम कुमार भट्टराई ,सिपि पौडेल ,रघु सुबेदि,दीक्षा बस्नेत,बिमला हमाल श्रेष्ठ ,आशा तामाङ ,दावा शेर्पा ,राम हरि अधिकारि,प्रेम पौडेल ,मुकुन्द सुबेदि,शिबराज फागो,रस्मि सिंह ,गौतम ढकाल,शान्ता लाल रिसाल अर्जुन बोसेल,जयन्द्र लामा,अन्न्तराज सुबेदि,सबिता सिल्वा बाट राहतका लागि रकम संकलन भएको थियो ।

त्यस्तै राहत बितरणका लागि ग्रामीण क्लब हाउस  नेपाल  इटहरीले संयोजन गरेको ग्रामिण क्लबका धर्म सुबेदिले जानकारी दिनु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङ , रेडक्रस उपशाखा सभापति रमेश पौडेल , रेड्क्रस सुनसरी जिल्ला सभापति एबम केन्द्रिय सदस्य उमेश थापा, बाजागरा रेड्क्रस उपशाखा सभापति उमेश पौडेल वडा सभापति गणेश सुब्बा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम क्लबका महासचिव धर्मप्रसाद सुबेदिले संचालन गर्नु भएको थियो भने सल्लाहकार शिव कुमारी सुबेदी र सचिब तारा सुबेदिले कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनु भएको थियो ।कोरोना भाइरसका कारण रोजगार गुमेको अवस्थामा यसरी खाध्यान्न सामाग्री पाउँदा आफुहरुलाइ ठूलो राहत मिलेको शिव गंगा टोल निवासीहरुले बताउनु भयो । कार्यक्रममा गणेश सुब्बा , सुर्य लिम्बू , धन बहादुर देवान लगायतका सामाजिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।