नेमकिपा कार्यकर्ता गोमादेवी शाहीको स्मरणमा श्रद्धाञ्जली

प्रकाशित मिति:

२८ कार्तिक,कोहलपुर । नेपाल मजदुर किसान पार्टी बाँकेका कार्यकर्ता स्व। गोमादेवी शाहीको द्विवार्षिकीको स्मरणमा शुक्रबार कोहलपुरमा नेमकिपा बाँकेले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ग¥यो । स्व।गोमादेवी शाहीले पार्टी कार्यकर्ताहरुलाई स्नेहपूर्वक सहयोग गर्नुभएको स्मरण गर्दै नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले पार्टीको नीति निर्देशन अनुसार जुझारु भएर समर्पित हुनु नै बितेका कार्यकर्ताप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

पार्टीले १०३ औं अक्टोबर क्रान्तिको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको चर्चा गर्दै संयोजक वासीले अक्टोबर क्रान्तिको शिक्षाबाट नेपालमा पनि आमुल परिर्तनको निम्ति मद्दत मिल्ने बताउनु भयो । भोकमरी र युद्धबाट आजित जनता रुसी वोल्सेभिकका नेता लेनिनको आह्वानमा रोटी र शान्तिको लागि क्रान्तिमा सहभागी भएको बताउ“दै संयोजक वासीले पहिलो विश्वयुद्धमा बन्दुक आफैतर्फ फर्काऊ भनेर लेनिनले अन्तरराष्ट्रवादी भावनालाई आत्मसाथ गरेको बताउनु भयो । आन्दोनलनरत शक्तिकै नेतृत्वमा सरकार बने पनि फ्रेवरी क्रान्तिले व्यापक जनताको हित स्थापना गर्न नसक्ने भएको हु“दा वोल्सेभिक नेता लेनिनले क्रान्तिको आह्वान गरेका बताउ“दै संयोजक वासीले अक्टोबर क्रान्तिले कामदार वर्गको नेतृत्वमा शासन सत्ता स्थापना गरी माक्र्सवादको सफल प्रयोग गरेको बताउनुभयो ।

प्रतिगमन विरोधी आन्दोलनको सफलतापछि पनि कामदार जनताको मौलिक अधिकारको लागि फेरि पनि आन्दोलन गर्न नेमकिपाले आह्वान गरेको उल्लेख गर्दै संयोजक वासीले नेमकिपाले अगाडि बढाएको समाजवादी गणतन्त्र प्रचार अभियानकै जनदबाबस्वरुपम संविधानमा समाजवाद उन्मुख र मौलिक हक जनताका आधारभुत अधिकार उल्लेख गर्न शासक दलहरु बाध्य भएको स्पष्ट पार्नु भयो । संविधानमा आधारभूत स्वास्थ्य निशुल्क गर्ने व्यवस्था भएकै आधारमा सर्वोच्च अदालतले कोरोनाको उपचार निशुल्क गर्न आदेश दिएको बताउ“दै संयोजक वासीले संविधानमा त्यस्तो प्रबन्ध गर्न नेमकिपाको समाजवादी गणतन्त्र प्रचार अभियानले शासक दलहरुलाई बाध्य पारेको स्पष्ट पार्नुभयो । पुजीवादी व्यवस्थामा देश र जनताको हितमा बनेका कानुन र अदालतको आदेश लागु गर्न पनि ढिलाइ गर्ने गरेको बताउ“दै संयोजक वासीले सर्वोच्चको आदेश कार्यान्वयन गर्न आनाकानी गर्ने सरकारलाई जनताको दबाबबाटै ठीक ठाउ“मा ल्याउने छ भन्नुभयो ।कार्यक्रममा नेमकिपा बा“कका अध्यक्ष बखत बहादुर थापाले भ्रष्टहरु कहिल्यै पनि कम्युनिष्ट हुन नसक्ने बताउनु भयो । नेमकिपा बा“केका सदस्य कोपिला शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाश शाही, अन्जिरबहादुर शाही लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।