सुनिल थापा भए कांग्रेसको सहमहामन्त्री

२९ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौंं, कात्तिक २८ : नेपाली कांग्रेसले सुनिल बहादुर थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री थापालाई सहमहामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। सहमहामन्त्रीमा मनोनीत थापा राप्रपाका पूर्वअध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

बैठकले थापालाई सहमहामन्त्रीसहित राप्रपाबाट कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए।उनका अनुसार बैठकले राप्रपाबाट कांग्रेस प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टि।एन। योगीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।यस्तै, बैठकले दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए।

बैठकले सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा ९२० र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम ९१० बमोजिम रिक्त प्रतिनिधि सभा सदस्यको पदमा सोही नियमावलीको उपनियम ९२०, ९३० र ९४० बमोजिम प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचित सदस्य सूर्यबहादुर के।सी। को निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र।स। १२ मा खस आर्य समूहतर्फ नाम रहेका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ,ु बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

केन्द्रीय सदस्य पाण्डेका अनुसार बैठकले मंसिर मसान्तभित्र ७७ जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा मगाएर विवाद विधिसम्मत ढंगबाट टुंग्याउने पनि निर्णय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे