खेलाडीलाई सहयोग गर्दै जनप्रतिनिधि भट्टराई

प्रकाशित मिति:

भूपराज बस्याल , स्याङ्जा – गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले नगरपालिका भित्रका रहेका खेलाडी हरुलाई विभिन्न खेलकुदका सामग्री वितरण गर्नुभएको छ ।
नगरका केही जनप्रतिनिधिहरु हरेक कामको लागि आफ्नै पाटिका कार्यकर्ता मात्रै खोज्ने गरेका घटनाहरु बाहिर आइरहेका बेला मजदुर देखि वृद्धसम्मका अभिभावकको भूमिका निर्वाह गरेर उदाहरणीय जनप्रतिनिधिको रुपमा देखा पर्नु भएका भट्टराईले वडा नम्बर ६ पिडिखोलाका १२ क्लबलाई नेट र भलिबल वितरण गर्नु भएको छ ।

आफुले निर्वाचन जितेको क्षेत्रका कार्यकर्ता मात्रै सहयोग गर्ने कतिपय जनप्रतिनिधिको परिपाटीलाई लत्याउदै भट्टराई आफु निर्वाचनमा सहभागी नभएका विभिन्न वडामा गएर सहयोग गर्नु भएको छ । नेपाली काङ्ग्रेसका वडा नम्बर ६ का पाटी सभापति जायश्वार पाण्डे,महिला नेत्री सीता चापागाईं, उधोग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराई ,नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्यापसका सभापति छबिलाल भुसाल वडा नम्बर ६ का तरुण दल सभापति जीवन चापागाईं,तरुण नेता चन्द्र चापागाईं,छिरिङ गुरुङ, प्रेम गुरुङ लगायत स्थानीय नेताहरुको उपस्थितिमा भट्टराईले ब्यक्तिगत खर्चमा १२ वटा क्लबलाई भलिबल २३ र नेट १२ वितरण गर्नु भएको थियो ।

त्यतिमात्र होइन सबैलाई सहयोग गर्नपर्छ भन्ने भाव रहेका भट्टराई कहिलेकाही सहयोग लिएर आसपासका पालिकाहरुमा पनि पुग्नु भएको छ । बिहानैदेखि साझासम्म जनताको काममा ब्यस्त हुने जनप्रतिनिधि भट्टराई जस्तै साच्चिकै जनताको सेवामा खटिने हो भने स्थानीय सरकारले गरेको परिवर्तन जनताले महसुस गर्न सक्ने थिए ।