अवैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या

प्रकाशित मिति:

कात्तिक २८ विराटनगर/विराटनगर र अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफनो श्रीमानको हत्या गरेकी छिन । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ ।

प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग श्रीमानको सोहिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार गत शनिबार सोहिम श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको थियो । हेमरन र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले हेमरनलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।

मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहिमले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहिमलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २४ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहिमको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । घरमा सुतेको व्यक्त्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो ।

सामान्य मजदुर परिवारका सोहिम सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो थियो । पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । बुबाको हत्या आरोपमा आमा पक्राउ परेपछि हेमरनका तीन छोराछोरीलाई सानिमाको जिम्मा लगाइएको छ । हेमरनका ४ छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ । अन्य तीन जनालाई छिमेकमै रहेकी सानिमाको जिम्मा लगाइएको प्रहरी निरिक्षक कार्कीले बताए ।

थप समाचार