नेपालमा हालसम्म १ लाख ७३ हजार ४३० जनाले ‘जिते’ कोरोना

१ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया