वामी नमूना समाजद्धारा शद्धाञ्जली सभा सम्पन्न ।

प्रकाशित मिति:

कौरव खत्री, गुल्मी १ मंसिर । वामी नमूना समाजद्धारा शद्धाञ्जली सभा सम्पन्न गरिएको छ । वामी नमूना समाजका केन्द्रीय सचिव विश्व रानाका दाजु स्व।पूर्ण बहादुर रानाको भारतमा उपचारको क्रममा भएको दुखद निधनले वामी नमूना समाज संस्था परिवार मर्माहत भएको छ । त्यस्तै मुसिकोट नगरपालिका ७ वामी शेरा गुल्मीका समाजसेवी जंग बहादुर कुमालकी धर्मपत्नी स्व।गोरी कुमालको उपचारको क्रममा भएको दुखद निधनले वामी नमूना समाज संस्था परिवार मर्माहत भएको छ ।

वामी नमूना समाजद्धारा अनलाइन भाइभर मार्फत स्व।पूर्ण बहादुर राना र स्वं गोरी कुमालले समाजमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको संस्थाका संरक्षक दिलिप थापाले जानकारी दिए ।शोक सभा कार्यक्रममा वामी नमूना समाजका अध्यक्ष बावुराम खरेल,उपाध्यक्ष अमर बुढाथोकी,भरत खराल,अन्र्तराष्ट्रिय संयोजक इन्द्र बहादुर थापा,आर्थिक संयोजक डिलाराम खराल,महासचिव पुस्कर खराल,उपमहासचिव शालिकराम भट्टराई, अभिभावक परिषद संयोजक अर्जुन रायमाझी,सल्लाहकार रेशम रायमाझी,जिवलाल काफ्ले,संस्थाका संरक्षक दिलिप थापा लगायतको सहभागिता रहेको थियो ।

विदेशबाट वामी नमूना समाज केन्द्रीय कार्यालयद्धारा स्व। पूर्ण बहादुर राना र स्व।गोरी कुमालको संम्झनामा मृत आत्मको चिरशान्तीको कामना गदै शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गदै हार्दिक संमवेदना प्रकट गरिएको थियो ।