डा: भट्टराई दम्पती केही दिन अझै होम आईसोलेसनमै रहने

१ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।

डा: भट्टराईले आज सामाजिक सञ्जालमार्फत आफू र श्रीमती हिसिलाको पछिल्लो स्वास्थ्य स्थितिबारे यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार स्वास्थ्य सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरुप सिटी स्कोर नदेखिएकोले केही दिन थप होम आईसोलेसनमा रहनुपर्नेछ ।

उनले ट्विटरमा लेखेका छन्,”पछिल्लो स्वाब परीक्षणमा हाम्रो स्वास्थ्य स्थिति निकै सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरूप CT score  नदेखिएकाले केही दिन थप होम आइसोलेसनमा रहनेछौं। असुबिधाको निम्ति सम्बन्धित सबैसंग क्षमाप्रार्थी छौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया