नेकपा अध्यक्ष गैह्रेकी छोरीको निधन

प्रकाशित मिति:

नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसकी एक मात्र सुपुत्री अतिथी शर्माको निधन भएको छ । सुपुत्री शर्माको सोमबार पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोक्दा उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको हो ।

सोमबार लामागेमा माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले टोकेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिए । प्रहरी उपरिक्षक बोगटीले छोरीको उपचारका क्रममा गण्डकी अस्पतालमा साँझपख निधनको खबर आएको बताए ।

सुपुत्री शर्माका बुवा आमा र एक भाई रहेका छन् । सुपुत्री शर्माको आज मगंलबार पोखरामै अन्त्यष्टी गरिने स्रोतले जानकारी दिएको छ । शुभचिन्तकहरुले शर्मालाई फेसबुक मार्फत श्रद्धान्जली व्यक्त गरेका छन् ।