प्रचण्ड र विष्णु पौडेलबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।

बुधबार ९भोलि०का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओलीमाथि आरोप नै आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन चर्किएको छ । पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्षरविपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।@khabarhub