संघिय प्रेस फोरमको प्रथम अधिवेशन सम्पन्न !

प्रकाशित मिति:

इमरान खान /कात्तिक २८ कपिलबस्तु ।
संघिय प्रेस फोरम कपिलबस्तुको प्रथम अधिवेशन सम्पन्न भएको छ । उतm अधिवेशनबाट दिलिप कुमार यादवको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । मंगलबार भएको साधारणसभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतीले १३ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा सोना खटिक, सचिव निरहू यादव, सहसचिव प्रतिमा विश्वकर्मा, कोषाध्यक्ष देवानन्द ठाकुर र सदस्यहरुमा राम लखन जयसवाल, सविता गुप्ता, कृष्ण बहादुर कुवँर, सुग्रीम यादव, सहबाज खाँन, विनय चौबे लगायत १३ सदस्यिय कार्यसमिति चयन भएको छ । प्रेस फोरमको खुलाशस्त्रको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश संसद सहसराम यादवले अधिवेशनको सफलताको कमना गर्दै स्वच्छ र निष्पक्ष समाचार संप्रेषण गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गर्नु भएको थिए ।

उहाले पत्रकार देशको चौथो अंङ्ग हो र कुनै पनि कामको सहि गलत छुट्याउने ऐना भएकोले सत्य तथ्य समाचार लेखेर नागरिकलाई सचेत बनाई विकास निर्माणको कार्यमा सहयोग पुर्याउन आग्रह गर्नु भएको थिए ।

साथै जिल्लाको दक्षिणी क्षेत्रको समस्यालाई प्राथमिकतामा राखेर समाचार लेख्न र पत्रकार उत्पादन गर्न संघीय प्रेस फोरमले मूल अभियानको साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थिए । नव निवार्चित सदस्यहरुलाई फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले अबिर लगाएर बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थिए । साधारणसभा एवं अधिवेशन कार्यक्रममा प्रेस फोरमका २० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम तौलिहवामा सम्पन्न भएको पत्रकार शहबाज खानले जानकारी दिनु भएको छ ।