बुटवलको कोरोना अस्पतालमा थप एकको मृत्यु

३ मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा जिल्लाको सुनिल स्मृति ४ की ७७ वर्षीया महिला रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार गत कात्तिक १६ गते पोजेटिभ नतिजा आई अस्पतालमा भर्ना गरिएकी उनको आज बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, दम र मधुमेहको समस्या थियो ।
यसअघि बुधवार बिहान उक्त अस्पतालमा बुटवलका ४० वर्षीय संक्रमितको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया