नवलपरासी होम आइसोलेसनमा बसेकी ७० बर्षिय महिलाको मृत्यु 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
नवलपरासी मंसिर ३
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा कोरोना संक्रमीत ७० बर्षिय महिलाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ मा  घरमै होम आईसोलेसनकै रुपमा बसेकै अवस्थामा मृत्यु भएको बर्दघाट नगर स्वास्थ शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।
मृतक महिलामा गत शुक्रबार बुटवल स्थित नेशनल प्याथल्यावमा पिसिआर परिक्षणको क्रममा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी आफ्नै घरमा आईसोलेसनको रुपमा रहँदै आउनु भएको थियो । बुधबार (आज) विहान करिव ८ः३० बजेको समयमा महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जनाकारी दिनु भयो  । मृतक महिलामा पहिलेदेखिनै मधुमेह र उच्च रक्तचाँपको समयस्या रहेको पनि ज्ञवालीले बताउनुभयो ।
नेपाली सेनाको टोली र नगरपालिकाको स्वास्थय शाखाको टोलीले ब्यबस्थापनको काम गरेको थियो । बर्दघाट नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । नगरपालिकाको वडा नम्बर ४ मा मात्र ३  जना संक्रमितको मृत्यु भएको छ भने वडा नम्बर १२ मा १ जनाको मृत्यु भएको छ ।