नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति:

मंसिर ३ , काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०: २४ प्रतिशत अर्थात ०: ८० अंकले घटेको छ ।