कञ्चनमा बालकहरु प्रयोगगरी अबैध रुपमा भारततर्फ २३ वटा गाईगोरु लैजादै गर्ने ६ जना पक्राउ

प्रकाशित मिति:

कार्तिक,कञ्चन- ईलाका प्रहरी कार्यलय,रुद्रपुरबाट खटिएको गस्ती टोलीले रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ३ स्थित ठकुरापुरमा अवैध रुपमा चोरी पैठारी गरी भारततर्फ लैजादै गर्दा २३ वटा गाई गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यलय,रुद्रपुरको सुरक्षा टोलीले नियमित गस्ती गर्ने क्रममा कपिलबस्तुबाट गैडहवाको सांडी धैती हुदै कञ्चनको ठकुरापुर जंगलको बाटो अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा २० वटा गाई,२ वटा गोरु र १ वटा सानो बाच्छो सहित गैडहवा गाउपालिका वडा नं। १ बस्ने बर्ष २७ का छट्टु पासी भन्ने अबदुल सलाम, बर्ष १८ का फिरोज मुसलमान,बर्ष ९ का सोलु पासी,बर्ष ७ का फरण पासी,फुच्चे पासी र गोलु पासीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन ।

छाडा गाई गोरुलाई राखिने गैडहवाको ढाँटरमा राख्न भनेर लएिको भएपनि अबैध रुपमा भारत तर्फ चोरी पैठारीका लागि लैजादै गर्दा नियन्त्रणमा लिइएका करिब १ लाख २५ हजार रुपैया बराबरको अबैध गाई तथा गोरुहरुको चोरी निकासीमा संलग्न ६ जनालाई थप अनुसन्धान सहित आवस्यक कार्वाहीका लागि अस्थाई प्रहरी चौकी,प्रतापपुरमा राखिएको ईप्रका,रुद्रपुरका प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन। बिभिन्न समयमा स साना बालबालिकाहरुलाई प्रयोग गरि तस्करहरुले भारततर्फ गाई गोरुहरुको अबैध रुपमा चोरी निकासी गर्दै आएका छन ।