भ्रष्टाचारबारे पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

३ मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, मंसिर ३ : समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्रैबाट सरकारको असफलता र भ्रष्टाचारबारे लिखित आरोप लागिसकेपछि हटाउनु पर्ने बताएका छन्। बुधबार ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्

ओली सरकारको असफलता÷भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’ यसअघि सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार असफल र भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले निरन्तरता दिनु देश तथा पार्टीका लागि हितकर नभएको आरोपसहितको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश गरेका थिए।

प्रचण्डले लगाएको आरोपप्रति संकेत गर्दै डा। भट्टराईले ओलीलाई हटाउनु पर्ने बताएका हुन्। उनले राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने पनि बताएका छन्। ट्वीटरमा भट्टराईले भनेका छन्,‘ नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्यरजनताका मुद्दा प्रतिपक्षी दलरजनताले उठाउनैपर्छ है १।राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन। २। ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे