नवलपरासीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मंसिर ४ गते नवलपरासी

पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएक छन् । सरावल गाउँपालिका वडा नं. १ बासा चोकस्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश ३-०१- ०२३ च ५७६६ नम्बरको बलोरो पिकअपले विपरित दिशाबाट आउँदै गरेको लु १ ह ८१० नम्बरको आटो रिक्सालाई ठक्कर दिदाँ आटो रिक्सामा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ बस्ने ५५ वर्षीय दुर्गा बहादुर बिकको मुत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बिकको बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।साथै आटो रिक्सा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय जगराम चौधरी, सोही आटोमा सवार सोही ठाउँ बस्ने दुर्गा बिक, सन्त कुमारी बिक र फुलमाया बिक घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।