चापाकोटमा नेपाली काङ्ग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा । नेपाली काङ्ग्रेस चापाकोट नगर समितिको आयोजनामा बुधबार चापाकोटमा नेपाली काङ्ग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मल्लले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्याल निमन्त्रणा बिना स्कुलका भवनहरु उद्घाटन गर्दै हिड्नुले सरकारले निरंकुशताको रबैया देखाएको कुरा व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो मन्त्री हु भन्दै बिद्यालय ब्यबस्थापन समितिलाई समेत जानकारी नदिइ कस्का लागि बिधालय उद्घाटन गरेको उहाँको प्रश्न थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति कुमार राना, वालिङ् नगरपालिका प्रमुख दिलिप प्रताप खाड, भिरकोट नगर प्रमुख छायाराम खनाल, चापाकोट नगर प्रमुख शिव कुमार गिरि, चापाकोट नगर उपप्रमुख बिमला श्रेष्ठ, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, महाधिवेशन प्रतिनिधि बिष्णु पौडेल, नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समिती सभापति देबि प्रसाद अर्याल लगायतको उपस्थित रहेको थियो । कार्यक्रम नगर सभापति राम चन्द्र पङेनी सभापतित्व उप सभापति बोम बहादुर हमालको स्वागत मन्तव्य र सचीव गौरव भट्टराईको संचालनमा सप्पन्न भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया