युगान्डामा राष्ट्रपति पदका उम्मेदवार पक्राउ परेपछि हिंसा भड्कियो, १६ जनाको मृत्यु

५ मंसिर २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


५ मंसिर, काठमाडौं । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला शहरबाट ३०० जनालाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ । प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता हुन् । प्रहरीले बोबी वाइनलाई पक्राउ गरेपछि बिहीबार उनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर र कतिपय भौतिक संरचनामा आगजनी गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया