युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा

७ मंसिर २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, मंसिर : नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवम् युवा नेता मोती भण्डारीले गुल्मी जिल्लाबाट देशका जुनसुकै शिक्षण संस्थामा अध्ययन गर्ने गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा गरेका छन् । नेविसंघका पूर्व शिक्षा विभाग प्रमुख भईसकेका भण्डारीले आफ्नो पहलमा विभिन्न विद्यालय देखि विश्व विद्यालयसम्म आन्दोलनको बलबाट विद्यार्थीलाई छात्रावृत्तीको उपलब्धी हासिल गरेको दाबी गरेका छन् ।

अहिले पनि शिक्षामा विभेदीकरण रहेकोले हुनेखाने र हुँदा खाने वर्गको लागि सरकारले नै विभेदीकरण गरेको दाबी भण्डारीले गरेका छन् ।जबसम्म शिक्षा गुणस्तरीय र सर्वसुलभ हुदैन तबसम्म यो समाजमा विभेदीकरण अन्त्य हुँदैन त्यसका लागि सचेत विद्यार्थीहरुले आफ्नो अधिकारको लागि लडाँई लड्नु पर्ने बताए । अहिले देश शैक्षिक माफियाहरुको चंगुलमा फसेकोले शिक्षामा व्यापारीकरण र निजीकरण गरी गरिब जनताका छोराछोरीहरुलाई शोषण गरिरहेकोले शैक्षिक माफियाहरुलाई तह लगाउनु पर्ने नेता भण्डारीले जोड दिए ।

युवा नेता भण्डारीले स्ववियु सभापति र नेवि संघका केन्द्रीय सदस्य हुँदा शिक्षा भित्रका विद्यार्थीहरु अधिकार स्थापित गरेको पुष्टि गरे । आफ्नो पहलमा त्रिभुवन विश्व विद्यालयबाट संचालिनत १ हजा २ सय निजी क्याम्पसहरुमा छात्रावृत्ती दिने व्यवस्था गरेकोदाबी गरे । निजी विद्यालयमा कक्षा १ देखि १० सम्म १० प्रतिशत गरिब तथा जेहेन्दार छात्रावृत्ती कक्षा ११ र १२ मा पनि सबै प्रोग्रामहरुमा १० प्रतिशत छात्रावृत्ती उपलब्धी हासिल गरेको पनि दाबी गरे । त्रिविको सेमेस्टर प्रणाली लागू गरी त्रिविबाट संचालित सबै संकायका सबै कार्यक्रमहरुमा बीबीए, बीआइएम, बीबीएम, बीआइआइएम, बीएचएम, बीएसी, बीएससी, सीएसआइटी, शिक्षा, बिज्ञान, मानविकी, व्यवस्थापन र कानुन लगायत सबै कार्यक्रमहरुमा छात्रावृत्ती हासिल गरेको दाबी गरे ।

इन्जिनियरिङ र मेडिसिनमा परीक्षा प्रणालीलाई व्यवस्थित र पादर्शी बनाइएको पोखरा विश्वविद्यालयका सबै कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय, मध्येपश्चिम, सुदूरपश्चिम लगायत काठमाडौं विश्वविद्यालयसम्म छात्रावृत्ती उपलब्धी र व्यवस्थित गरेको दाबी गरे । विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संचालिन सबै कार्यक्रमहरुमा आफ्नो पहलमा १५ प्रतिशत छात्रावृत्ती उपलब्ध हासिल गरेको पुष्टि गरेका छन् ।उनले नेपालको शैक्षिक प्रणाली व्यवस्थित गर्ने आन्दोलनको अगुवाइमा सधै लागी पर्ने बताए । त्यसको फल स्वरुप देशकै विद्यार्थीहरुले अवसर पाउने दाबी सहित गुल्मेली गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि डटेर छात्रावृत्ती उपलब्ध गराउने उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया