‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’

प्रकाशित मिति:

 कपिलबस्तु, ७ मंसिर।  बेटर व्रिक नेपाल परियोजना अन्र्तगत शनिबार बाणगंगा –८ बोर्डगाउँमा कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न गरिएको  छ ।  गोष्ठि कार्यक्रममा ईट्टा भट्टालाई एउटा राम्रो उद्योगको रुपमा रुपन्तरणको लागि गर्नुपर्ने काम कार्तव्यको बारेमा कार्य अनुपालक अधिकृतहरुलाई घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले सहजिकरण गर्नुभएको थियो । उहाँले बेटर व्रिक नेपाल (बिबिएन) परियोजना मार्फत उद्योगमा आधारभूत मापदण्ड पुरा गर्दै कामदारमैत्री, महिमा मैत्री र बालबालिका मैत्री उद्योग बनाउन सघाउ पु¥याउनको लागि कार्य अनुपालक (कम्पलईन्स अफिसर) लाई आवश्यक प्रक्रियाको बारेमा जनकारी दिनुभएको थियो ।  त्यस्तै कार्यक्रम संयोजक अर्यालले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सुरक्षा जस्ता आधारभूत आवश्यकतामा उद्योग, कामदार तथा सरकारसंग त्रीपक्षीय सहकार्य के कसरी गर्ने बारे जानकरी समेत दिनुभयो ।

त्यस्तै उद्योगमा आवश्यक कामदार, बालबालिका र युवा कामदारहरुको ताथ्यङ्क के कसरी राख्ने, युवा कामदारहरुको हजिरी रेकर्ड दस्तबेजिकरण गर्नुपर्र्ने, बैखाता कसरी भर्ने र नियुक्ति पत्र किन आवश्यक हुन्छ ? कसरी भर्ने बारे संस्थाका प्रतिनिधी दिबास घिमिरेले जानकारी दिनुभयो ।  त्यस्तै अधिबक्ता कृष्ण प्रसाद पौडेलले श्रम ऐन, २०७४ मा उल्लेख भएका परिच्छेद १ देखि परिच्छेद २४ सम्म के कस्त व्यवस्था र प्रवधन उल्लेख गरिएको छ  त्यसबारे जानकारी दिनुभयो ।  उहाँले कुनै पनि श्रमिकलाई बाधाका रुपमा लागउन नपाईने, बाल बालिकालाई काममा लगाउन नपाईने काममा भेदभाव गर्न नपाईने, समान कामको लागि समान ज्याल हुनुपर्ने र कुनै पनि कामदारले रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टा भन्दा वढी समय काममा लगाउन नहुने बारे स्पष्ट रुपमा बताउँनुभयो । अधिवक्त पौडेलले कामदार रोजगारी संझौतामा उल्लेख बमोजिम परिश्रमिको उचित सेवा सुविधा र ज्याला व्यवस्थ कामदारलाई हुनुपर्ने बारे जानकारी समेत दिनुभएको थियो ।  कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि कार्यक्रम घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजना तथा ग्लोबल फेयरनेस ईनिसियटिभको सहकार्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा बेटर व्रिक नेपाल परियोजना संचालन भएका कपिलबस्तु, रुपन्देही जिल्लाका म्यानेजर, लेख प्रमुख र उद्योगी लागयत संस्थाको प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।