टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवलमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतवार दिउंसो ३ बजेर ५० मिनेटमा सिद्धार्थ राजमार्गको चौराहाबाट नयां बसपार्क तर्फ जांदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउंदै गरेको लु २ ख १९०५ नम्बरको टिप्परले ठक्कर दिंदा मोटरसाईकलमा सवार पाल्पा जिल्लाको निस्दि गाउंपालिका ३ का ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

दुर्घटनामा परि गम्भिर घाईते सोतीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याईएको र उनको उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मृतक विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत थिए ।