सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण

प्रकाशित मिति:
प्रकाश न्यौपाने                                                   मंसिर ७     नवलपरासी  ।                                     पश्चिम नवलपरासीको सुनवल नगरपालिका र  रामग्राम नगरपालिकाका बिभिन्न सामुदायिक बिद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । चाइना फाउन्डेसन फर पोभरर्टि एलिभेसन तथा राष्ट्रिय अपांग पुर्नस्थापना समाजको सहयोग तथा प्रतिनिधि सभा सदस्य एवं पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको पहलमा सुनवल, रामग्राम, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सरावल गाउपालिकाका १४ वटा बिद्यालयका २ हजार ७ सय ६८ जना बिद्यार्थिहरुलाई उक्त झोला वितरण गर्ने योजना अनुसार आज सुनवल र रामग्राम नगरपालिकाका ८ वटा सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो । सामुदायिक बिद्यालयको शैक्षिक क्षेत्र सुधार कार्यक्रम अन्तर्गत चाइना फाउन्डेसनद्धारा प्रदान गरिएको सहयोगबाट बिभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थिहरुलाई सो सामाग्री वितरण गरिएको चाइना फाउन्डेसनका कार्यक्रम संयोजक नुज मानन्धरले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कण्डेलले चाइना फाउन्डेसनले गरेको यो सहयोग अत्यन्तै सह्रानिय रहेको बताउदै आगमी दिनमा पनि सहयोग निरन्तर रहनेमा बिश्वस्थ रहेको उल्ल्ेख गर्नुभयो ।  उहाले सांसद विकास कोषबाट पशिचम नवलपरासीका विभिन्न सामुदायिक विद्यालय र क्याम्पसहरुलाई शैक्षिक तथा भौतिक पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरी काम सम्पन्न भैसकेको र आगामी दिनहरुमा पनि बिद्यालयको आवश्यकता अनुसार बजेट विनियोजन गरिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, जिल्ला समन्वय समिति प्रमुख शिव संकर राय, नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेल, रामग्राम नगर उपप्रमुख रम्भा कुवर, बिभिन्न वडाका वडाध्यक्षहरु, प्रअ, लगायतको उपस्थिति रहेको थियो । उक्त वितरण कार्यक्रम अन्तर्गत सोमबार बर्दघाट नगरपालिकामा, मंगलबार देवचुली नगरपालिका र शुक्रबार कावासोति नगरपालिकामा बितरण गर्ने योजना रहेको राष्ट्रिय अपांग पुर्नस्थापना समाजका कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताउनुभयो । उहाले यस कार्यक्रम अन्र्तगत सन् २०१९ मा ६१ जिल्लाका १ लाख बिद्यार्थिलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएकोमा यस बर्ष ८० हजार लाई वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।